सिमकोट–७ पनि सिल

जेठ ३, काठमाडौँ – यसैगरी कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै सिमकोट गाउँपालिकाको वडा ७ लाई पनि आइतबारदेखि सिल गर्ने निर्णय गरिएको छ । वडाको निर्णयानुसार जिल्लाले जारी गरेको निषेधाज्ञाको अवधिमा वडाक्षेत्र पूर्णरूपमा सिल गरिएको वडाध्यक्ष राजबहादुर शाहीले बताए ।

उनका अनुसार पूर्वमा सिमकोट लाग्ना, पश्चिममा नाम्खाको ताग्रु खोला, दक्षिणमा सिमकोट–८ को स्याँडा जाने पुल र उत्तरमा हिल्सा–सिमकोट सडकभित्रको चार किल्लालाई सिल गर्ने निर्णय वडाले गरेको छ । बाहिरबाट आउनेहरुका कारण कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएकाले निषेधाज्ञाको अवधिभर वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष शाहीले जानकारी दिए ।

हुम्लामा एन्टिजेन परीक्षणमा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा हालसम्म ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।