‘सरकारले फ्रन्टलाइनरको प्रोत्साहन गरोस, हामी स्तरीय सेवा दिन तयार छौै ’–डा.पौडेल

नेपाल कोरोना महामारीको चपेटामा छ । नयाँ वर्षको सुरुवातसँगै फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दर उच्च छ । एक महिनाको अवधीमा संक्रमण र मृत्युदर दुवै बढिरहेको छ । देशभरका अस्पतालमा बिरामी अक्सिजनको अभावमा अकालमा मृत्युवरण गरिरहेका छन् । सरकारले अस्पतालमा आवश्यक अक्सिजन र अन्य स्वास्थ्य समाग्री व्यवस्था गर्न सकेको छैन । देशभरका अस्पताल थप बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । कोरोना संक्रमित बिरामीहरुका लागि अस्पतालको गेट समेत बन्द हुन थालेको छ । यस्तो अवस्थामा सरकारले निजामती अस्पलाल अर्थात सिभिल अस्पताललाई कोभिड अस्पताल वनाउने भएको छ । त्यसका लागि वजेट समेत दिने गरि सम्झौता गरेको छ । यसै सन्र्दभमा अस्पतालले भोग्नु परेको समस्या, सरकारको सहयोग, बिरामीको अवस्था, सरकारले गर्नुपर्ने थप काम लगायतका विषयमा सिभिल अस्पतालका कार्यकारी निर्देशक. डा. विधाननीधि पौडेल सँग इमेलखवरले गरेको कुराकानीको सम्पादित अंश –

कोरोना महामारीको अवस्थामा सिभिल अस्पताल कसरी सञ्चालन भइरहेको छ ?

अहिले कोरोनाको महमारीको अवस्था छ । हामीले कोरोना संक्रमितको उपचार गरिरहेका छौ । विरामीको चाप र स्वस्थ्य सामाग्रीको अभावले अहिले एकदमै चुनौती छ । यसैसन्दर्भमा हामीले बेड संख्या १ सय ५० पु¥याउने र कोरोनाको उपचार गर्ने गरि सरकारसंग सम्झौता गरेका छौ । हामीसँग भएको बेडको अधिकतम प्रयोग गरिरहेका छौँ । अहिलेको अवस्था हेर्दा अझै बिरामी बढ्न सक्ने सम्भावना बढी देखिन्छ । त्यसैले हामीले त्यसको तयारी पनि गरिरहेका छौ । अस्पतालले सिटिस्क्यान लगायतका महत्वपूर्ण सेवा समेत सशुल्क दिदै आएको छ ।

अन्य अस्पतालमा कोभिडका बिरामी भर्ना नै गर्न नसक्ने अवस्था भएको विवरण छ, छ, सिभिल अस्पतालमा चाहि के छ ?

हाम्रोमा पनि समस्या त्यस्तै छ । यहाँ पनि लाइन बसिरहेका छन् । यहाँ विशिष्ट श्रेणीका बिरामी पनि आउने गरेका छन् । यहाँ सांसद देखि विशिष्ट पदाधिकारीहरु आउनुहुन्छ । निजामती कर्मचारी अस्पताल भएको हुनाले पनि यहाँ आकर्षण छ । यहाँ त धेरैको लाइन छ । इमरजेन्सीमा मात्रै २० जना वटिङमा हुनुहुन्छ ।

बिरामीहरु भर्ना प्रकृया के छ ? अक्सिजन नपाएर छटपटिने अवस्था त छैन ?

छैन हजुर छैन, यस्तो छ, हामीले जुन मान्छे लिन्छौँ नी त्यसलाई अक्सिजन दिन सक्ने गरी मात्रै लिन्छौ । दिन नसक्नेलाई लिदैनौ । हाम्रो भर्नामा वान डोर सिस्टम छ । बाहिरबाट सिधै भित्र पठाउने गरेका छैनौ । इमेरजेन्सीबाटै कसलाई आइसियूमा जानुपर्छ, कसलाई भेन्टिलेटरमा लिनुपर्छ । कसलाई जनरल वार्डमा लिनुपर्छ । सबै वान डोर सिस्टमबाट भइरहेको छ । एक जना डाक्टरलाई राखेर हामी सुरुवातमा रेसपोन्स गछौँ । उहाँको माध्यमबाट मात्रै बिरामी भर्ना हुनेको हो । धेरैलाई भर्ना दिएर जटिलता पैदा गर्नुभन्दा थोरैलाई भर्ना लिने तर राम्रो सेवा दिने हो ।

कोरोना संक्रमितको उपचारको लागि अहिलेको मुख्य समस्या के के हुन ?

कोरोना सक्रमितको उपचारको लागि स्वस्थ्य सामाग्री र जनशक्तिको समस्या छ । अक्सिजनको पनि अभाव छ । तर अहिले सम्म हामी अस्पतालकै प्लान्टवाट काम गरिरहेका छौ । जहा सम्म वेडको कुरा छ, पहिला हामीले ११ बेडबाट सुरु गरेका थियौ । १४, १८, ३२ वेड हुँदै अहिले ७७ जनालाई उपचार गरिरहेको अवस्था छ । अव हामी १५० वेड वनाउने छौ । हाल सम्म खानादेखि कुरुवाहरु बस्नको लागि अस्पतालले पैसा लिने गरेको छैन । सरकारले निश्चित मूल्य तोकेको छ तर बढी मूल्य पर्ने औषधिमा भने हामीले निःशुल्क गर्न सकिने अवस्था हुदैन । कर्मचारीको पनि आवश्यक्ता छ ।

व्यावस्थापन कसरी गर्दे हुनुहुन्छ ?

अहिले अक्सिजनको अवस्था त एकदम नाजुक नै छ । हामीले जेनतेन हाम्रो नै अक्सिजन प्लान्टवाट काम चलाइरहेका छौ । त्यसवाट ३५ सिलिन्डर भन्दा माथि जादैन । अहिले हामीलाइ चाहिने भएको १ सय सिलिन्डर हो । यताउता गर्दै चलाइरहेका छौ । हाम्रो अन्सिजन प्लान्ट पनि सानो भयो । त्यसले समस्या निम्तिरहेको छ । हामीले छिटो भन्दा छिटो व्यवस्थापन गर्नुपर्ने अवस्था आइरहेको छ । त्यसको लागि विभिन्न निकायसंग पनि कुरा भइरहेको छ । नगरपालिका र सूर्य नेपाल भन्ने संस्थाले पनि हामीलाई सहयोग गर्ने भनेको छ । २५ जना बराबरको स्टुल दिने भएको छ । प्रदेश सरकारले पनि २४ लाख ५० हजारको सहयोग नै प्रदान गरेको छ । सरकारबाट केही सहयोग भएको छ । तर सोचे जति हुन सकेको छैन । हामी सरकारी अस्पताल हो । तर हामी सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको हुनाले समस्या भइरहेको छ । स्वास्थ्य मन्त्रालय आफू अन्तर्गत रहेका अस्पताललाई कोभिड अस्पताल भनेर सहयोग गरिरहेको छ । मन्त्रिपरिषदको बैठकले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । जस अन्तर्गत कर्मचारी भर्ना गर्ने ,बिरामी भर्ना गर्न पाउने र चिकित्सक र नर्सहरु समेत भर्ना गराउन पाइन्छ । तर हामीलाई त्यस्तो सुविधा दिएको छैन । हामीले जनशक्ति अभाव झेलिरहेका छौ ।

अन्त्यमा तपाईले सरकारले के गरोस भन्ने चाहनुहुन्छ ?

हामीलाई सरकारको पूर्ण रुपमा सहयोग चाहिएको छ । कर्मचारी व्यवस्थापन र कर्मचारीको सुरक्षाको जिम्मा सरकारले लिने हो भने हामी गुणस्तरीय सेवा दिन तयार छौँ । फ्रन्टलाइनमा काम गर्नेहरुको समस्या समाधानको लागि मेरो आग्रह छ । यस्तो अवस्था छ की उहाँहरुले दैनिक र लामो समय पीपीई लगाउने भएकोले इन्फेक्सन भएको छ । कतिले तलब पाउँदैनन् । कतिले भर्नाको लागि बारम्बार गुहार माग्न पर्ने अवस्था हुन्छ । सबैले सरकारले व्यहोर्ने हो भने हामीलाई कुनै पनि समस्या छैन । हामी गर्न सक्षम छौँ । तर सरकारले यति कुरा जिम्मेवारी लिइदिनु प¥यो । हामीले लगभग फ्रीमा सेवा गरिरहेका छौ । स्वास्थ्यकर्मीहरुको आत्मबल बढाउने कुरामा सरकारले उचित ध्यान दिनुपर्छ । सरकारले प्रोत्साहन गरिदिनु पर्ने भयो । नत्र र त हामीले तलब दिन नसकेपछि समस्या हुन्छ ।