इन्भेष्टमेन्ट र हिमालय बैंकबीच मर्जर सम्झौता, नयाँ नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’

बैशाख ३१,काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। बिहीबार ठमेलस्थित छायाँ कम्प्लेक्समा रहेको अलफ्ट होटेलमा दिउँसो २ बैंकबीच मर्जर सम्झौता भएको हो ।

सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । दुवै बैंक १ः१ को स्वापमा मर्जमा जाने भएका हुन्। नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर÷एक्वीजिसन नीतिका अनुसार मर्जर सम्झौता गरिएको बैंकहरुले जनाएका छन् ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १६ अर्ब २६ करोड तथा हिमालयन बैंकको चुक्तापुँजी १० अर्ब ६८ करोड रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोड भइ सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक बन्नेछ।