थप ९३०५ मा संक्रमण पुष्टि, १६८ को मृत्यु

बैशाख २९,काठमाडौ –  नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १६८ जनाको मृत्यु भएको छ।