‘महामारीमा सरकार भएको महुशस गरेका छैनौ’

नेपालमा दोस्रो चरणको कोरोना संक्रमण भयावह रुपमा फैलिरहेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण देशले अभतपूर्व विपद्को सामना गरिएको छ ।  पहिलो चरणको कोरोन संक्रमण भन्दा यसपटकको संक्रमण सहितको छ ।  यसपटकको कोरोना संक्रमणबाट सबै भन्दा बढी २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् । जबकी अघिल्लो पटक बृद्धबृद्धा र  दीर्घरोगी तथा बालबालिका पनि प्रभावित थिए ।  देशभरका करिब ५० बढी जिल्ला कोरोनाका कारण बढी प्रभावित छन् ।  देशभर कोरोनाका कारण प्रभावित भएका मध्ये बाँके जिल्ला सबैभन्दा बढी प्रभावित छ । यसै सन्दर्भमा दोस्रो चरणको कोरोना संक्रमणको अवस्था, स्वास्थ्यकर्मीहरुको भूमिका र राज्यले कोरोना रोकथामका लागि गरिएका प्रयासका विषयमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोहलपुरका मेडिकल बिभागका असिस्टे प्रोफेसर तथा बरिष्ठ फिजिसियन डा. श्याम बि.क.सँग  इमेल खबरले गरेको कुराकानीको अंश :

१. यहाँको दैनिकी कसरी बितिरहेको छ ?

नेपालमा अहिले दोस्रो चरणको कोरोना महामारीको समयमा छौ ।  बाँकेमा पनि दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै स्वभाविक रुपमा हामी स्वास्थ्यकर्मीहरुको दैनिकी उपचार मै बित्ने गरेको छ ।

म अहिले बाँके भन्दा बाहिर छु । तर दैनिक बाँकेका सम्पूर्ण शुभचिन्तकहरुसँग फोन, म्यासेज तथा अन्य माध्यमबाट दैनिक सम्पर्कमा छु ।  कोरोनाका विषयमा उहाँहरुले राख्नु भएका जिज्ञासा र प्रश्नको जवाफ दिने, सल्लाह तथा सुझाव प्रदान गरिरहेको छु ।

२. देशभर कसरी कोरोना संक्रमण तीव्र हुन पुग्यो बताइदिनुन ?

पहिलो चरणको कोरोना संक्रमणको अवस्थामा पनि उच्च सतर्कताका साथमा उपचार गरेको थियो ।  दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि मैले पहिलो डाक्टरको रुपमा कोरोनाका बिरामीको उपचार गरेको थिए ।  लगातार एक हप्ता मैले कोभिड वार्डमा ड्युटी गरेको हु ।

त्यहाँ उपचार गर्दा र आम रुपमा मेरो अनुभवले के भन्छ भने, भारतबाट आएका कोरोना संक्रमित सबैभन्दा बढी देखिए ।  मैले एकसातासम्म ड्युटी गर्दा नेपालगन्जबाट सबै भन्दाबढी बिरामी आउथे । उनीहरुको प्राय अक्सिजन चाहिने, उनीहरुलाई विशेष रुपमा उपचार गर्नुपर्ने खालका बिरामी थिए ।नेपालगन्जबाट आउनेहरुको ट्राभल हिष्ट्री भारत नै हो ।

नेपालगन्ज भारतसँग सीमा जोडिएकोले पनि उनीहरु दैनिक जसो आउजाउ गरिरहन्छन् । बाँके सहितका जिल्लामा अहिले जति संक्रमित भेटिएका छन्, ती सबै भारतबाट आयतित (आएका) हुन् । सीमाबाट निर्वाद छिर्न दिदाँ कोरोना संक्रमण समुदाय स्तरमा छिर्यो ।  अहिले हामीले यस्तो सकंट व्यहोरीरहेका छौ ।

३. पहिलो चरणको कोरोना र अहिलेको कोरोना संक्रमणको अवस्था, रोगको प्रकृति र  लक्षणमा के फरक पाउनु भएको छ ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो, यसमा के छ भने पहिलो चरणको कोरोना संक्रमण विश्व र नेपालमा हेर्ने हो भने विशेष गरेर बृद्धबृद्धा र त्यसमा पनि दीर्घरोगीहरु बढी प्रभावित थिए । प्रभावित हुनेहरु सुगर, प्रेसर,दम  लगायतका रोगबाट ग्रसितहरु हुनुहुन्थ्यो ।  त्यतिबेला पनि त्यस्ता खालका कोरोनाका सामान्य लक्षण देखिएकाहरुले ज्यान गुमाउनु भयो ।

मृत्यु हुनेमा कोरोनाको लक्षण कम र रोग बढी भएका थिए ।  तर अहिले ठिक उल्टो छ ।कोरोनाका लक्षण युक्त छन् । युवापुस्ता २० देखि ४० वर्ष उमेर समूहकाहरुलाई बढी प्रभावित गरेको छ ।  पहिलाको कोरोनाको भेरियन्टले विस्तारै संक्रमणको रुप लिन्थ्यो ।  अहिले दोस्रो चरणमा नयाँ भेरियन्टको कोरोना संक्रमण छिटो फैलिन्छ ।

४. पछिल्लो एक महिनाको उच्च मृत्युदरलाई कसरी हेर्न सकिन्छ ?

यसमा मैले दुई वटा कुरा कारणका रुपमा लिएको छु । म आफू स्वयम कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष सलंग्न स्वास्थ्यकर्मीका नाताले जति पनि बिरामी आएर मृत्युवरण गर्नु भएको छ, बाहिरी बजारमा मेडिकल हल सञ्चालन गरेकाहरु केही हदमा दोषी देखिन्छन् ।

(माफ गर्नु होला, मैले कसैलाई व्यक्तिगत रुपमा भन्न खोजेको होइन । मैले उपचारको क्रममा देखेको कुरा भनेको हो ।) एउटा व्यक्ति अस्पतालमा भन्दा पहिला मेडिकल हलमा जान्छ । उहाँहरुले टाइफाइडको भनेर १० दिनको औषधि दिनुहुन्छ ।सामान्य जाँच टाइफाइड मानिदैन । विश्व स्वास्थ्य संगठनले पनि त्यसलाई मान्यता दिएको छ ।

मेडिकलमा औषधि दिन्छन्, सुइ लगाउँछन् ।बिरामी सन्चो हुनुको साटो, झन सिरियस हुन्छ । त्यसपछि मात्र उनीहरुलाई अस्पताल रिफर गरिन्छ । बिरामी मर्ने बेलामा अस्पताल आएको डाक्टरले त्यसमा केही पनि गर्न सक्दैन । यस्ता बिरामीहरुको मृत्युदर उच्च छ ।

दोस्रो कारण, हामी जाँच नै गर्न चाहदैनौ । अपराधको रुपमा लिएका छौ, कोरोनाको जाँचलाई । कतै मलाई कोरोना पोजेटिभ देखिने पो होकी । समाजले के भन्ला, आफन्त र छरछिमेकले के भन्लान् भन्ने छ । त्यसको डरबाट बिरामीहर होम आइसोलेसनमा बस्नु भएको छ । उनीहरुको कुनै पनि सल्लाह पनि हुदैन । परामर्श पनि हुँदैन । सामान्य मेडिकलबाट औषधिको सेवन गरिरहनु भएको छ । रुघा लागेको हुन्छ ।

५.बाँकेमा होम आइसोलेसनमा बसेकाले आत्महत्या गर्ने मृत्यु हुनेसम्मको समस्या देखिएको छ ? स्वास्थ्य सावधानीका हिसाबले होम आइसोलेसन कत्तिको सुरक्षित छ ?

होम आइसोलेसन भनेका खाली कोठामा थुनिएर बस्ने र बसाल्ने मात्रै होइन । उ होम आइसोलेसनमा बसेका पनि कोरोना संक्रमित हुन् । उनीहरु जतिबेला पनि गम्भीर अवस्थामा पुग्न सक्छन् । त्यसैले स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानी आवश्यक हुन्छ ।

होम आइसोलेसन कै कुरा गर्नुहुन्छ भने पछिल्लो समय बाँके सहितका अन्य जिल्लाका समेत गरी मसँग १ सय ५० जना भन्दा बढी होम आइसोलेसनमा रहनु भएका कोरोना संक्रमितहरु मेरो प्रत्यक्ष सम्पर्कमा हुनुुहुन्छ । उहाँहरुसँग म फोन लगायतका अन्य माध्यमबाट प्रत्यक्ष रुपमा जोडिएको छु ।

सुरुदेखिकै स्वास्थ्यकर्मीसँग जोडिएका बिरामीहरु समस्या छैनन् । म सँग सम्पर्कमा रहेका बिरामी पनि अहिले विस्तार सामान्य अवस्थामा रहेका छन् ।

मैले श्वास फेर्न समस्या भएमा र अक्सिजनको मात्रा कम भएमा तत्काल अस्पताल जान सुझाव दिने गरेको छु । अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी समेत त्यस्तो सेवा दिइरहनु भएको छ

६. कोरोना विरुद्धको अभियान रहेका फ्रन्टलाइनरहरु नै   धमाधम संक्रमित भइरहेको अवस्था छ ? यसले बिरामीको उपचारमा कस्तो समस्या  देख्नुहुन्छ नी ?

कोरोना महामारी विरुद्धको सबै भन्दा अग्र मोर्चामा खटिएको जनशक्ति भनेको स्वास्थ्यकर्मी नै हो ।  उहाँहरु उच्च मनोबलका साथ लागिरहनु भएको छ ।  यो भन्दा पहिलेको कोरोना संक्रमणको बेला पनि स्वास्थ्यकर्मीहरु त्यसरी नै खटिएका थिए । अहिले कोरोना संक्रमित स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बिरामीको उपचार गरिहरनु भएको छ । यो देखाउनको लागि गरिएको होइन ।  वास्तव मै गरिएको हो ।

हामी पीपीई सेटमा १२ घण्टासम्म पानी नखाएर पनि उपचारमा खटिएका छौ । पीपीई सेटभित्र पिसाब हुन्छ की भन्ने डरले पानी नखाएर उपचार गछौँ । हामी साच्चिकै  उच्च मनोबलका साथ काम गरिरहेका छौ ।

हाम्रो मनोबल घटेको छैन ।  हाम्रो मनोबल घट्ने भनेको हामीलाई उपचारको लागि स्रोत र साधन नहुँदा हो । स्वास्थ्यकर्मीहरुको मनोबल घटेका कारण मृत्यु दर बढेको होइन ।

७.स्रोत र साधनका बावजुत  उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरुले आफ्नो ड्युटी पुरा गरिरहेका छन्, यसमा राज्यको सहयोग कत्तिको पाउनु भएको छ ?

हामी आफ्नो ड्युटीमा कटिबद्ध छौ । नेपालको सन्दर्भमा हेर्ने हो भने राज्य र सरकार कसरी अघि बढिरहेको छ । त्यो सबैलाई थाहा छ ।  त्यसैले यतिबेला राज्यले  सहयोग गर्ला हामी काम गरौला भन्ने अवस्था छैन । कोरोना महामारीसँग लडिरहेका स्वास्थ्यकर्मीहरुले मेरो देश र सरकार छ र हाम्रो पक्षमा काम गर्छ भन्ने कुराको महशुस गर्न पाएका छैनौ ।

तपाइले देख्नु भएको छ, अस्पतालको गेटमा नपुग्दै मानिस मर्छन् । अस्पतालमा बेड नपाएको कति जनाले मृत्युवरण गरेका छन् । जनप्रतिनिधि र हाकिमहरु गाडीमा कुहिन्छन्, स्थानीय तहमा एम्बुलेन्स छैन । एम्बुलेन्स नभएका कारण कतिले मर्नु परेको छ ।

अन्य ठाउँमा जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा प्रयोग गरेको सुनिन्छ ।  तर हाम्रो तिर त्यस्तो हुन सकिरहेको छैन ।   हाम्रो देशको अवस्था यस्तो छ , जनप्रतिनिधि र सरकारलाई हाइ सन्चो छ । हामी विहे भोजमा जान्छन्, कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर उपचार गराउनु पर्ने बाध्यता छ । हामीमा मानवता भन्ने कुरा छैन ।