तिलोत्तमाका मेयर र उपमेयरले चढ्ने गाडीलाई बनाइयो एम्बुलेन्स

बैशाख २३, बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ।


नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको हो।

मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका छन्।

‘नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले दिएन,’ उनले भने।

उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइँने उनले बताए।