कांग्रेसको माग: सरकार,कोरोना पीडितलाई राहत प्याकेज ल्याउ

बैशाख २३, काठमाडौँ-नेपाली कांग्रेसको संगठन विभागले कोरोना पीडित मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।

 

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो।