सङ्क्रमितको सङ्ख्या ७०० नाघ्यो

वैशाख २३, काठमाडौँ – काभ्रेपलाञ्चोकमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ७०० नाघेको छ । जिल्लाका विभिन्न पालिकामा गरी बुधबार एकै दिन १५८ जनामा सङ्क्रमण पुष्टि भएपछि अहिलेसम्मको सक्रिय सङ्क्रमितको सङ्ख्या ७६८ पुगेको छ । तीमध्ये विभिन्न अस्पतालको आइसोलेशनमा ५८ र होम आइसोलेशनमा ७४३ रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका अनुसार अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या बनेपा नगरपालिकामा ३०१ पुगेको छ । धुलिखेल नगरपालिकामा १५८, पनौती नगरपालिकामा १५०, पाँचखाल नगरपालिकामा ६०, नमोबुद्ध नगरपालिकामा २८ र मण्डनदेउपुर नगरपालिकामा १९ जना सङ्क्रमित रहेका छन् । जिल्लामा सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै बिरामीको सेवाका लागि २४ सै घण्टा एम्बुलेन्स सेवासमेत व्यवस्था गरिएको नगरपालिकाहरुले जनाएका छन् ।