एकै दिन ८ हजार ६५९ जनामा कोरोना पुष्टि, थप ५८ जनाको मृत्यु

बैशाख २२,काठमाडौं –नेपालमा आज ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ५४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो संख्या हाल सम्मकै उच्च संख्या हो।

सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृृत्यु हुनेको संख्याको पनि बढदै गइरहेको छ । बिगत २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।