‘घुम्न जाउँ न’ मा ’कार्टुन क्रु’ को अभिनय

बैशाख २२,काठमाडौं – ‘घुम्न जाउँ न’ बोलको गीतमा ’कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । शैलेन्द्र्र मुडबरीको गीतमा राम सिटौलाको शब्द तथा संगीत छ ।

सरोज अधिकारीको परिकल्पना र निर्देशनमा गीतको भिडियो बनेको छ । गीतको भिडिओ सम्पादन सुरोज अधिकारीले गरेका छन्। भिडिओ कोरियोग्राफी सरोज अधिकारी र पेम्बा मगरले गरेका हुन्।

विश्व अधिकारीको संगीत संयोजनमा बनेको गीत विप्लव अधिकारीको मिक्सिङ रहेको छ ।