काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा

बैशाख २१, काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म थप गरिएको छ ।

उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै निषेधाज्ञा थप गरिएको हो ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका सीडीओहरूको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अवस्था झन भयावह बन्दै गएको भन्दै निषेधाज्ञा लब्याइएको उनले बताए ।

अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि भएको छ ।

बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि संचालन अनुमति दिने निर्णय पनि भएको छ ।

शाखामा २५ प्रतिशत कर्मचारी र काठमाडौंमा २० प्रतिशत जनशक्तिलाई उपस्थित भएर काम गर्न अनुमति दिने निर्णय प्रशासनले गरकोे छ ।

साथै बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन चलाउन पाउनेछन् ।