पूर्वप्रधानसेनापति कटवाल कोरोना संक्रमित

बैशाख १८, काठमाडौँ -पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई कोरोना संक्रमित वीरेन्द्र सैनिक अस्पताल छाउनी भर्ना गरिएको छ । वैशाख १ गतेदेखि उनलाई भर्ना गरिएको बताइएको छ । उनी अहिलेसम्म पनि अस्पतालमै छन्।

उनलाई श्वासप्रश्वासको समस्या रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।