गण्डकीका जनमोर्चा सांसद शाही भन्छन् : पार्टीको निर्णयप्रति प्रतिबद्ध छु, मुख्यमन्त्री विरुद्ध मतदान गर्छु

बैशाख १६, पोखरा- गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले मुख्यमन्त्रीका विरुद्ध आफूले मतदान गर्ने बताएका छन् ।

उनले आफू सधै  पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको स्पष्ट पनि पारेका हुन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद शाहीले पार्टी निर्णयप्रतिको प्रतिबद्धता कायमै रहेको स्प्ष्ट पारेका हुन् ।

उनले आफू अस्वस्थ् भएका कारण बुधबारको बैठकमा उपस्थित हुन नसकेकोले कुनै भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।