महाकाली अस्पतालमा थप ३ संक्रमितको मृत्यु

बैशाख १६,कञ्चनपुर -सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार बुधबार राति २ जना र बिहीबार बिहान १ जनाको मृत्यु भएको हो ।

 

बुधबार राति मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका-१ का ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय पुरुष छन् । भीमदत्त-१८ का ३६ वर्षीय महिलाको भने बिहीबार बिहान मृत्यु भएको हो