संघीय संसद सचिवालयका महासचिव गौतम कोरोना संक्रमित

वैशाख १६, काठमाडौं – संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ । उनीहरुको अवस्था सामान्य छ ।