सोना अमात्यको ‘सोच बेलैमा’ (भिडियो)

बैशाख १६,काठमाडौ गायिका सोना अमात्य र विवेक सिंह ठकुरीको आवाजमा नयाँ गीत बजारमा आएको छ । ‘सोच बेलैमा’ बोलको गीतलाई शशी थापाले कोरेका हुन् भने, लय सिर्जना पनि थापाकै रहेको छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा गरिमा शर्मा, गोविन्द सिंह विष्टको मोडलिंग छ ।

सुरेन बस्यालको कोरियोग्राफी समावेश भिडियोलाई सोनाकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।