‘इन्डियन आइडल ३’ को विजेता प्रशान्त तामाङलाई मातृशोक

बैशाख १४, पोखरा- गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ।

अभिनेता समेत रहेका  उनकी आमा रूपा तामाङको निधन भएको हो। तामाङ इन्डियन आइडल ३’ को विजेता समेत हुन् ।

दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा तामाङकी आमाको मृत्यु भएको हो।

उनले फेसबुकमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू,’

तामाङ ले परदेशी गोर्खा पल्टन, निशानी, अंगालो यो मायाको, धडकन’ फिल्ममा अभिनय गरेका छन् ।