माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

वैशाख १४, काठमाडौँ -नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । माओबादीले दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ।

बैठमा कुनै एजेण्डा तय नगरिएपनि प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफल हुनेछ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा नेपाली कांग्रेस रहेको भनिएका बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।