एमाले विवाद : गौतम र नेपालबीच भेटवार्ता

बैशाख १०,काठमाडौं -सत्ताधारी नेकपा एमालेको विवाद झन पेचिलो बन्दै गएको छ ।

शुक्रबार प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको महाधिबेशन आयोजक सकितिको बैठकले माधव समूह बिनौ स्थायी कमिटी निर्माण गर्नुका साथै सयौ नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

उक्त बैठकले कर्णाली प्रदेशका चार सांसदलाई पनि हटायो । यसैबीच एमालेका
उपध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपालले जनकपुरबाट आएर गौतमसँग भेटवार्ता गरेका हुन् ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको बताए ।
बिहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा ‘डिनर’ भेट गरेका थिए ।

शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले गौतमलाई स्थायी समिति सदस्यमा राखेको छ । यसबारे पनि गौतम र नेपालबीच सामान्य कुराकानी भएको सुवेदीले बताए ।

अध्यक्ष ओलीले आफूसँग कुनै सल्लाह नै नगरी स्थायी कमिटीमा राखेकोप्रति गौतम असन्तुष्ट छन्