बाँकेमा थप एक महिलाको मृत्यु

वैशाख ९ , बाँके- बाँकेमा कोरोना संक्रमणबाट थप एकजना महिलाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।


बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् ।

ओलीका अनुसार उपचारको क्रममा बिहीबार बिहान करिब २ ः १५ बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।