न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

बैशाख ८, काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उहाँहरु दुवैलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी हुनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उनिहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेका थिए ।