ओरालो लाग्यो सेयर बजार

बैशाख, ५ काठमाडौं – साताको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । नेप्से उच्च बिन्दुबाट ओरालो लागेको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ अंकमा बन्द भएको छ ।

गत बिहीबार २७३५.४० अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से आइतबार १.३७ प्रतिशतले ओरालो लाग्दा २७०० अंकको बिन्दुबाट झरेको हो ।

आइतबार प्रि ओपनिङ सेसनमा दोहोरो अंकले वृद्धि भएर २७५९.९ अंकमा पुगेको थियो । ‘इन्ट्रा–डे’ मा २७६०.०२ अंकसम्म पुगेको नेप्सेले २६९६.३० अंकको तल्लो बिन्दुमा झरेको थियो ।

नेप्सेमा गिरावट आए पनि आज ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँको कारोबार हुँदा १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर किनबेच भएको छ ।