बर्दियामा बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन

वैशाख ५, काठमाडौँ – बारबर्दिया नगरगरपालिकामा ‘बङ्गुर मिसन कार्यक्रम’ कार्यान्वयनमा आएपछि स्थानीयवासी औधि खुशी भएका छन् । यस वर्ष २८ फार्ममा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको जनाइएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन गर्न रु ५० लाख लगानी गरिने जानकारी दिए ।

एकीकृत कार्यालयमार्फत ‘मकै मिसन’मा ६५ हेक्टर पुग्नुपर्नेमा ५० हेक्टर मात्र पुगेको छ । मकै र तरकारी खेती मिसन कार्यक्रमका लागि रु तीन करोड २९ लाख अनुदान दिइने कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनले लगानीअनुरुप किसानले उक्त कार्यक्रमलाई सदुपयोग गरेको तथा उत्पादन, बजारीकरण र आम्दानीमा उल्लेखनीय उपलब्धि देखिएको जानकारी दिए ।

लसुनप्याज मिसनअन्तर्गत ५० हेक्टर क्षेत्रफलमै उत्पादन भइरहेको जनाइएको छ । कार्यालय प्रमुख घिमिरेले भने, “यो कार्यक्रमले किसानलाई थप कृषि कर्ममा लाग्न प्रेरित गरेको छ । कार्यालयले रु दुई करोड ६५ लाख लगानी गरेको छ ।”