सर्वदलीय बैठकमा प्रचण्ड र नेपाल नजाने

बैशाख ४, काठमाडौँ   –  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजाने भएका छन् । दाहालको सचिवालयका अनुसार ओलीले आज बोलाएको बैठकमा दाहाल नजाने भएका हुन् ।

यस्तै एमाले नेता माधवकुमार नेपालले बैठकबारे जानकारी नै नभएको बताएका छन् । बैठकबारे जानकारी नै नआएकोले उनी पनि बैठकमा नजाने सम्भावना रहेको छ ।