शिशिरको ‘फोटो फिरिम २’ सार्वजनिक ( भिडियो)

बैशाख ३, काठमाडौं – कलाकार शिशिर भण्डारीले ‘फोटो ‘फिरिम २’ (रुमाल चिनो छ) सार्वजनिक गरेका छन् ।

यस अघि सार्वजनिक गरिएको ‘फोटो फिरिम’ लाई दर्शकले अत्यधिक रुचाएपछि शिशिर दोश्रो भाग बजार ल्याएका हुन् । भण्डारीकै कथा÷ निर्देशन शब्द ,संगीत रहेको गीतमा आवाज प्रताप दास , रचना रिमाल र कुमार अभिले दिएका छन् शिशिरको ‘फोटो फिरिम २’ सार्वजनिक ( भिडियो)  विशाल निरौलाको संगीत सम्योजनमा गीतलाई तयार पारिएको छ ।

छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँ,सम्पादन दिन्सन शाहको रहेको भिडियोलाई शिशिरले आफ्नै च्यानल बाट सार्वजनिक गरेका छन् ।भिडियोमा शिशिर सँगै रिस्ता बस्नेत,जुना सुन्दास,प्रकाश रामदाम,वसन्त भण्डारी,श्रद्धा गौतम,पूजा गौतम,सरूँ गौतम,एलिना कार्की,शुसन गौतम,लक्ष्मण राज अधिकारी अविनाश गौतम र निक शर्माको अभिनय रहेको छ