सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि

बैशाख २, काठमाण्डौ – कारोबारको अन्तिम दिन बिहीवार शेयर बजार २० अङ्कभन्दा धेरैले बढेको छ । व्यापार र जलविद्युतबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से २० दशमलव ६७ अङ्कले बढेर २७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको हो ।

बिहीवार बैंकिङ समूहको शेयर २३ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ९० अङ्कले, होटल तथा पर्यटनको १० अङ्कले, फाइनान्सको २८ , अङ्कले माइक्रोफाइनान्सको ६अङ्कले, जीवन बीमा समूहको ४५ अङ्कले, निर्जीवन बीमा समूहको नौ अङ्कले अङ्कले, उत्पादनको ४३ अङ्कले,  अन्यको तीन र लगानी समूहको शेयर साढे एक अङ्कले बढेको छ ।

बिहीवार दुई सय १८ कम्पनीका एक करोड ९० लाख कित्ता शेयर आठ अर्ब ६३ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको ४९ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बिहीवार बेस्ट फाइनान्स र एनआईसी एसिया लघुवित्तसहित आठ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि मल्टिपर्पोज फाइनान्स, नेशनल लघुवित्त र स्वाभिमान लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।