प्रधानमन्त्री ओली र ठाकुरबीच वार्ता

बैशाख २, काठमाडौँ –  केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । ओली र ठाकुरबीच बिहीबार दिउँसो कुराकानी भएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।“हामीले उठाएका कुराप्रति प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,” कर्णले बताउनुभयो , “अहिले खाली सकारात्मक कुरा मात्रै छ, कुनै निष्कर्ष निस्किएको छैन ।”

जसपाले जेलमा रहेका रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता लगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ । यी सबै विषयमा खुला–खुलस्त कुराकानी भए पनि कुनै विषयको निचोडमा पुगिनसकिएको उनले बताए ।

उनका अनुसार आजै कार्यदलको पनि बैठक बस्नेछ । दिउँसोको अनौपचारिक छलफलमा पनि कार्यदलका सदस्यहरू थिए ।
कार्यदलमा सरकारका तर्फबाट दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल राजन भट्टराई छन् । जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र कर्ण रहेका छन् ।