विराट गोल्डकप – एपीएफ फाइनलमा प्रवेश

बैशाख २, मोरङ –  विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर–११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नका लागि सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब काठमाण्डौ र भारतको पञ्जाब पुलिस क्लबको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।