स्वास्थ्य शिविर आयोजना

चैत २९, काठमाडौँ – चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको ‘नहुँदा’ महिला स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोग तथा ‘नहुँदा’ स्वास्थ्य महिला समूहको आयोजनामा महिलाको पाठेघर, स्तन क्यान्सरसँग सम्बन्धित रोगको परीक्षण गरिएको छ । शनिबार आयोजित शिविरमा १३५ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी, सामाजिक विकास अधिकृत रश्मी कर्माचार्य श्रेष्ठको संयुक्त टोलीले शिविरबारे जानकारी लिएको थियो । सो कार्यक्रमलाई चन्द्रागिरि नगरपालिकाले आर्थिक सहयोगमा गरेको थियो ।