‘पल पल’ मा भुवनका साथमा तारा र शिशिर

चैत २४, काठमाडौं  – नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्द म्युजिक भिडियोमा देखिएकी छन् ।

उनले गीतकार तारा अधिकारीको निर्देशनमा ‘पल पल’ गीतको भिडियोमा अभिनय गरेकी छन् । भिडियोमा तारासँगै नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्द र कलाकार शिशिर भण्डारीको अभिनय छ ।

गीतमा गैरे शुरेषले संगीत भरेका छन् भने प्रताप दासको स्वर छ । शब्द तारा अधिकारी आफैंले रचेकी छिन् ।

शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको छ भने राजेन्द्र मोक्तानको कलर ग्रेडिंग रहेको छ ।