रवि र समीक्षाको ‘पाउडर किरीममा’ बोलको गीत सार्वजनिक

चैत १९, काठमाडौं – गायक रवि ओड र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश नयाँ गीत सार्वजनिक भएको छ ।

‘पाउडर किरीममा’ बोल रहेको गीतको रचना र लय सिर्जना कृष्ण केसीको रहेको छ । गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

विकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियोमा पुष्प खड्का, रवि ओड, प्रियंणा आचार्य, संझना खत्रीको अभिनय छ ।