अन्तर्राष्ट्रिय फुटबलबाट विराजले लिए सन्न्यास

र्चत १७,काठमाडौं- राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको बंगलादेशविरुद्धको फाइनलपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् ।

एक वर्षभन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्वकप छनोटको खेलमार्फत सन्न्यास लिने सोच बनाएका थिए । विश्वकप छनोटको खेल दशरथ रंगशालामा नहुने भएपछि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाल, बंगलादेशका राष्ट्रिय टोली तथा कीर्गिस्तानको यू–२३ सम्मिलित थ्री नेसन्स कप आयोजना गरेको थियो ।

यहि प्रतियोगितामार्फत विराजले सन्न्यास लिने योजना बुनेका थिए । ३१ वर्षीय विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि घरेलु फुटबलमा भने निरन्तर खेल्ने बताएका छन् । सबै उमेर समूहबाट खेलेका विराजले नेपालका सर्वाधिक ७३ क्याप जितेका छन् ।

विराज नेपाली फुटबलका सर्वाधिक सफल कप्तान रहे । उनकै नेतृत्वमा नेपालले साग गेम्समा स्वर्णदेखि बंगबन्धु गोल्डकप र सोलिडारिटी कपको उपाधि उचाल्यो । लामो समयको उपाधि खडेरीलाई तोड्दै विराजकै कप्तानीमा नेपालले एकपछि अर्को सफलता हात पारेको हो ।