‘हेरन’मा आचल र निराजनको अभिनय

चैत १७, काठमाडौं – ओमकृष्ण श्रेष्ठको स्वरमा समावेश ‘हेरन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दीपक आर्जेको शब्द तथा लय सिर्जना रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा नीराजन प्रधान र आँचल शर्माको अभिनय रहेको छ ।बुद्ध थापा र हर्सी सिंहको छायांकन र प्रवीण श्रेष्ठको सम्पादनमा भिडियोलाई तयार पारिएको हो ।

एस् म्युजिक डिजिटल युट्युब च्यानल मार्फत भिडियोलाई हेर्न सकिने छ ।