‘महामुर्ख’ उपाधी मह जोडीलाई

चैत्र १६, काठमाडौ – यस वर्षको महामुर्ख सम्मेलनमा महामुर्ख उपाधि मह जोडी हरि वंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ ।होलीको अवसर पारेर जानकी मह जोडीलाई प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उपाधि प्रदान गरेका हुन।

२२ वर्ष देखी चली आएको परम्परा अनुसार महामूर्ख उपाधि सँगै मह जोडिलाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही सम्मेलनमा अन्य वर्ष राजनीतिक क्षेत्रका ब्यक्तीत्वहरुलाइ प्रदान गरीने यो उपाधि तराई होली पर्वको पुर्वसन्ध्यामा जानकी मन्दिर परिसरमा आयोजना हुने गरेको छ ।