मेस्सी बार्सिलोनामै बस्ने रिभाल्डोको विश्वास

चैत्र १३, काठमाडौ – बार्सिलोनाका खेलाडी रिभाल्डोले स्ट्राइकर स्टार लियोनल मेस्सी क्लबमा थप केही वर्ष बस्ने वताएका छन् ।

मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने र केहि वर्ष क्लबमै रहने बताएका हुन् ।

‘बार्सिलोनाले केही सातामा धेरै सुधार गरेको छ । मेस्सीको उत्कृष्ट लय र नयाँ अध्यक्षको निर्वाचन । मेस्सी जुवान लार्पोटाको आगमनले खुशी देखिन्छन् । अध्यक्षलाई उनि राम्रोसँग चिन्छन्,’ रिभाल्डोले भनेका छन् ।

यस्तै रिभाल्डोले नयाँ बोर्डसँगको समुधुर सम्बन्धले मेस्सी नयाँ सम्झौताको नजिक रहेको बताए ।

‘त्यसकारण मैले विश्वास गर्न सुरु गरे कि मेस्सी नयाँ बोर्डसँग सम्झौता नजिक छन् र नयाँ सम्झौतासँगै उनी क्लबमा केही वर्षकोलागि बस्नेछन्,’ उनले थपे, ‘नयाँ अध्यक्षको चुनावले मेस्सीमा आत्मविश्वास बढेको थियो जोसँग उसको राम्रो सम्बन्ध छ र उसलाई केही समय क्लबमा बस्नकालागि विचार गराउनेछ ।’

अर्जेन्टिनी स्टार मेस्सी सन् २०२० मा नै पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेष्टर सिटीसँग जोडिन चाहेका थिए ।

तर रिभाल्डोले नयाँ अध्यक्षको आगमनसँगै मेस्सी क्लबसँगको नयाँ सम्झौता नजिक रहेको विश्वास व्यक्त गरेका हुन् ।

मेस्सीले लगातार ६ पटक बालोन डी’ ओरको उपाधि जितेका छन् ।