फिफा विश्वकप छनौट इंग्ल्यान्डको सानदार जित

चैत १३,काठमाडौं-फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५–० गोल अन्तरले पराजित गरेको हो । खेलको १४ औं मिनेटमा जेम्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा लेविनले गोल गर्दै टिमको अग्रता २–० को बनाए । खेलको ३१ औं मिनेटमा रहिमले गोल गरेपछि पहिलो हाफमा इंग्ल्यान्ड ३–० ले अघि रह्यो ।

दोस्रो हाफको ५३ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४–० को बनाए । खेलको ८३ औं मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को जित दिलाए ।

जितसँगै समूह ’आई’ को इंग्ल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।