माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

चैत १०, काठमाडौं- पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्दैछ । मंगलबार आठ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार माओवादी केन्द्रको आगामी योजनाका विषयमा बैठकमा छलफल हुनेछ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादी पनि सत्तासीन छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन पहिला समर्थन फिर्ता लिनुपर्ने आवाज पार्टीभित्रैबाट उठिरहेको छ ।