स्थानीय तह गोल्डकपको पुरस्कार राशि वृद्धि

चैत ९, काठमाडौँ – वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि गर्न हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ ।

स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार रु १० लाखबाट बढाएर रु १५ लाख पु¥याउन र दोस्रो पुरस्कार रु पाँच लाखबाट रु १० लाख पु¥याउन उपमहानगरपालिकाले सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौँडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्यले यो योजना अघि बढाइएको हो ।