रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने

चैत ५, काठमाडौँ – रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नु हुने भएको छ ।

चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन आउन लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गर्नु भएको हो ।

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् । रासस–सिन्ह्वा