रुखबाट लडेर एक महिलाको मृत्यु

चैत्र २, काठमाडौ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ ।

आईतबार बेलुका ४ बजे रुखको घाँस झार्ने क्रममा लडी घाईते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।