इटालियन सिरी ए – इन्टर मिलान विजयी

फागुन २५, काठमाडौं इटालियन सिरी ए मा इन्टर मिलान विजयी भएको छ। सोमबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले निर्णायक गोल गरे ।

प्रतिष्पर्धात्मक खेलको ५४ औं मिनेटमा स्क्रीनियरले निर्णायक गोल गरेका थिए । यस जितसँगै इन्टरले उपाधि होड बलियो बनाएको छ । यस्तै इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ ।

इन्टरले २६ खेलमा ६२ अंक जोडेको छ । मिलानको २६ खेलमा ५६ अंक रहेको छ ।