कञ्चनपुर र डोटीबाट २६ जना नक्कली परीक्षार्थी पक्राउ

फागुन २३, काठमाडौ- महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत २२ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लोकसेवा आयोग दिपायल केन्द्रबाट संचालन भएको प्रहरी जवान ९खुल्ला तथा समाबेशी० जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रबेश पत्रमा समेत फोटो परिवर्तन र हस्ताक्षर किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।

यसै गरि डोटीका विभिन्न परीक्षा केन्द्रबाट नेपाल प्रहरीको जनपदतर्फको प्रहरी जवानको लिखित परीक्षामा अर्काको नाममा दिने ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।