दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते

फागुन २३, काठमाडौ मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

आज मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र-०२-००१ प३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी-११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवाल घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा रातको पौने २ बजे मृत्यु भएको थियो ।

सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा र सह-चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।