प्रधानमन्त्रीले आइतबार लगाए कोभिड -१९ विरुद्धको खोप

फागुन २३ , काठमाडौ – कोरोना भाइरस विरुद्दको दाश्रो चरणको अभियान अन्र्तगतको पहिलो खोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन ।

दोस्रो चरणको खोप लगाउने अभियानमा प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।

आफुले खोप लगाए पछि प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई अपिल गरेका छन् ।

दोस्रो चरणको खोप अभियानमा आज शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।

दोस्रो चरणको यो अभियानमा देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ ।