प्रतिनिधिसभाको हिउँदे ‘अधिवेशन’ आजबाट सुरु

फागुन २३, काठमाडौं  – प्रतिनिधिसभाको हिउँदे ‘अधिवेशन’ आजबाट सुरु हुने भएको छ  ।  गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो ।
आज अपराह्न ४ बजे प्रतिनिधि सभा बैठक शुरू हुनेछ ।