सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

फागुन २१, काठमाडौं केपी ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  राष्ट्रियसभा गृहमा आयोजित एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन्