प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै विप्लव

फागुन २१, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज सार्वजनिक रुपमा देखा पर्ने भएका छन् ।

सरकारले प्रतिबन्धित विप्लवको समूहलाई फुकुवा गरेसँगै पहिलो पटक सार्वजनिक कार्यक्रममा विप्लव उपस्थित हुन लागेका हुन् । सरकार र विप्लव समूहबीच वार्ता टोली बनाएर तीनबुँदे सहमति भएअनुसार आज विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय सभा गृहमा सार्वजनिक हुनुअघि विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने भएका छन् । विप्लव आज मात्रै नवलपरासीमा सार्वजनिक भएका हुन् । उनलाई चितवनबाट प्रहरीले सुरक्षासहित ल्याएको हो ।