चलचित्र गोर्खे को बैरी भयो सार्वजनिक हेरौ भिडियो

फागुन २१, काठमाडौं  – चलचित्र गोर्खे को बैरी भयो बोलको गीत रिलिज भएको छ । आर सी रिमालको आवाज रहेको गीतको शब्द वसन्त श्रेष्ठले कोरेका हुन् ।

गीतको संगीत संयोजन साहस शाक्यको रहेको छ । गीतको भिडियोमा एन्जल श्रेष्ठ ,रवीन्द्र प्रताप सेन र अर्जुन गुरुङ देखिएका छन् ।
किम्मत गौतमको निर्देशन रहेको चलचित्रलाई कोजु इन्टरटेन्टमेनको ब्यानरमा निर्माण गरिएको हो ।

हरि लामाको प्रस्तुति साथै तीर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्रले ५ युवा र उनीहरुले देखेको सपनालाई प्रस्तुत गर्ने छ । सौरभ लामा र नीरज कँडेलको संयुक्तमा चलचित्रको छायांँकन गरिएको छ ।

पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौँ लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रमा रवीन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी लगायतको अभिनय रहेको छ िचलचित्रको कथा काजी लिम्बुले लेखेका हुन् । मित्र डी गुरुङको सम्पादन,हिमाल केसीको द्वन्द्व,छिन्दु पाख्रिन र हरि लम्सालको संगीत चलचित्रमा समावेश छ ।