प्रचण्ड–माधव पक्षीय केन्द्रीय समिति बैठक – नेम्वाङसहित ७ नेता ६ महिनालाई निलम्बन

फागुन १९, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

सो पक्षको केन्द्रीय समितिको बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित केन्द्रीय सदस्यहरू शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई निलम्बन गर्ने निर्णय गरेको छ ।

निलम्बन गरिएकामध्ये नेम्वाङ नेकपा संसदीय दलको उपनेता, चौधरी सचेतक तथा भट्टराई प्रधानमन्त्री ओलीले हालै नियुक्त गरेका मुख्य सचेतक हुन् ।