सरकारद्वारा विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न समिति गठन

फागुन १८, काठमाडौं  – सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णय अनुरुप गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।

यस्तै सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई रहेका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ ।